चितवन – चितवनस्थित भरतपुर अस्पतालको आईसीयुमा उपचाररत एक बिरामीको मृत्यु भएको छ । रौतहटको परोहा नगरपालिका ८ का ६८ बर्षिय एक वृद्दको आज (मंगलबार) बिहान मृत्यु भएको अस्पतालका सुचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।
४ महिनादेखी टिबीको औषधी लिईरहेका ति ब्यक्तीमा श्वासप्रश्वासको समस्या भएपछि आइतबार राती ९ बजे भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । उनमा लामो समदेखी फोक्सो र श्वासप्रश्वासमा समस्या भएको पौडेलले बताए ।
स्थानिय अस्पतालले क्यान्सरको आशंकामा उनलाई उपचारको लागि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लैजान रिफर गरेको र त्यस अघी कोरोना भाइरस परीक्षणको लागि हिजो राती भरतपुर अस्पताल ल्याएको पौडेलले बताए । उनको मृत्युको कारण भने खुल्न सकेको छैन । मृतकको स्वाब परीक्षणको लागि भरतपुर कोभिड १९ परीक्षण प्रयोगशाला पठाईएको छ ।