दक्षिण सुडानका उपराष्ट्रपति र रक्षामन्त्रीमा पनि कोरोना संक्रमण
एजेन्सी – दक्षिण सुडानका उपराष्ट्रपति रिक माशर र रक्षामन्त्री समेत रहेकी उनकी पत्नी एजेलिना टोनी कोरोना भाइरस संक्रमित भएका छन्।
माशर ६० वर्ष नाघिसकेका छन्। कोभिड–१९ टास्क फोर्सका एक सदस्यलाई कोरोनाको संक्रमण देखिएपछि उनको १३ मे मा कोरोनाभाइरसको परीक्षण गरिएको थियो। दक्षिण सूडानमा हालसम्म २ सय ९० संक्रमित छन् भने ४ जनाको ज्यान गएको छ।
बीबीसी
तपाइँको प्रतिक्रिया