कपिलवस्तुको क्वारेन्टाइनवाट भागेका सबैलाई फर्काइयो

एटुजेड समाचार

कपिलवस्तु – कपिलवस्तुको यशोधरा गाउँपालिकाको दुईवटा क्वारेन्टाइनवाट भागेका सबैलाई क्वारेन्टाइनमै फिर्ता ल्याइएको छ । उनिहरुलाई तीन दिनपछि फिर्ता ल्याइएको हो ।

गाउँपालिकाको वडा नंं. ८ खोरियास्थित सरस्वती प्राविको क्वारेन्टाइनका ३० जना र शनिबार सोही वडाको राष्ट्रिय निमावि सिंहोखोरका १६ जना क्वारेन्टाइन छाडेर भागेका थिए ।

रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपशमशेर जबराले ३० जना भागेका र उनीहरु सबैलाई घरघरबाट खोजेर पुनः क्वारेनटाइनमै ल्याएर राखिएको बताए ।भारतबाट गाउँ आएका सबैलाई कवारेन्टाइनमा नराखिएकाले आफूहरु पनि नबस्ने भन्दै क्वारेन्टाइनमा बसेकाहरु भागेर घर गएका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु