भारतबाट लुकिछिपी झापा छिरेका एक मजदुरमा कोरोना संक्रमण पुष्टि

एटुजेड समाचार

काठमाडौं – नेपालमा थप एक जना कोरोना संक्रमण देखिएको छ । भारतबाट लुकिछिपी शनिबार नेपाल छिरेका झापाका एक मजदुरमा कोभिड–१९ को संक्रमण देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय, झापाका फोकल पर्सन जीवन चम्लागाईंले उनमा संक्रमण पुष्टि भएको बताए । उनका अनुसार युवकलाई बिराटनगरस्थित कोभिड अस्पतालमा पठाइएको छ । योसँगै नेपालका कोरोना संक्रमितको संख्या ३५८ पुगेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु