भरतपुर महानगरका सम्पूर्ण वडामा क्वारेनन्टाइन बनाइने
चितवन – भरतपुर महानगरपालिकाले महानगर भित्र रहेका सम्पूर्ण वडामा क्वारेनन्टाइन बनाउने भएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बसेको बैठकले प्रत्यक वडामा १०/१० बेडको क्वारेनन्टाइन बनाउने निणय गरेको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस सक्रमणको रोगथाम तथा नियन्त्रणका लागि नेपालका विभिन्न सक्रमित क्षेत्र र विदेशबाट आएका नागरिकहरुलाई छुटै क्वारेनन्टाइन राख्नु पर्ने हुँदा वडा कार्यालयलाई सोही बमोजिम व्यबस्था मिलाउन अनुरोध गरेको छ ।
क्वारेन्टाइनमा बसेकाहरुलाई खाना आफ्नै परिवारले दिनु पर्ने छ । क्वारेन्टाइनका लागि अती आवश्यक बेडहरु अस्पताल, होटल, तथा होमस्टे बाट लिइ म्याट, तन्ना, झुल खोल, अत्यावश्यक सम्पूर्ण सामाग्रीको ब्यबस्था महानगरले गर्नेछ ।
क्वारेनन्टाइन बनाउदा लाग्ने खर्च महानगरले व्यहोर्ने र विभिन्न ठाउँ बाट आएर महानगरपालिका भित्र अल्पत्र परेका व्यक्तिलाई खान बस्न महानगरले नै व्यबस्था मिलाउने महानगरपालिकाका प्रबक्ता अरुण पीडित भण्डारीले बताए ।
तपाइँको प्रतिक्रिया