नेपालमा कोरोनाबाट मृत्यु भएका २ जनामा फरक–फरक लक्षण देखियो
काठमाडौं – कोरोनाबाट मृत्यु भएका २ जनामा फरक–फरक लक्षण देखिएको छ । धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी २९ वर्षीया महिलामा सुख्खा खोकी, श्वासप्रश्वासमा समस्याका साथै निमोनिया देखिएको थियो ।
यसैगरी, आइतबार बाँकेको नरैनापुरको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय युवकलाई करिब दुई घण्टासम्म बान्ता भएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले पहिलो मृत्युको एक्सरे प्रतिवेदनमा दुवै फोक्सोमा निमोनिया देखिएको बताए ।
अर्का युवकको भने थप रिपोर्ट आउन बाँकी रहेको चिकित्सकलाई उद्धृत गर्दै कान्तिपुरले लेखेको छ ।हालसम्म नेपालमा कोरोनाबाट मृत्यु भएको पुष्टि २ जनामा भएको छ ।पत्रपत्रीकाबाट
तपाइँको प्रतिक्रिया