बारा र रौतहटका ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ३०४ पुग्यो

एटुजेड समाचार

काठमाडौं – नेपालमा थप ९ जना नयाँ कोरोना भाइरस (कोभिड १९) संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य परीक्षण प्रयोगशाला गरिएको परीक्षणमा रौतहट र बाराका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटमा ८ र बारामा एक नयाँ संक्रमित थपिएका हुन् । नयाँ थपिएकाहरुमा रौतहट इशनाथ नगरपालिका २,३,६ र ९ का २१,२१, २३, २५, २५, २९, ३० बर्षिय पुरुषहरु, माधवनारायण नगरपालिका ३ का २८ बर्षिया महिला र बारा करैयामाई ५ का ३८ बर्षिय पुरुष रहेका छन् ।

उनिहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनिहरु चिकित्सकको सम्पर्कको रहेको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ३०४ पुगेको छ भने अहिलेसम्म २ जनाको मृत्‍यु भएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु