कोरोना अस्पताल प्रकरण : कतै बुझाईयो, कतै भित्तामा टाँसियो ज्ञापन पत्र
चितवन – नेपाल बिद्यार्थी संघ चितवन साबिक क्षेत्र नम्बर ३ ले भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष तथा प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीलाई ज्ञापन पत्र बुझाएको छ । कोरोना भाईरसको संक्रमणको यस समयमा भरतपुर महानगरको अगुवाईमा निर्माण गरिएको कोरोना बिशेष अस्पतालमा भएको भनिएको अनियमितताका विषयमा अस्पताल र महानगरले कुनै प्रकृया अघि नवढाएको भन्दै बिरोध स्वरुप ज्ञापनपत्र बुझाएको हो ।
कार्यवहाक क्षेत्रीय सभापति बसन्त गैरे, नेविसंघ नेताहरु कल्पना पौडेल, सरोज रेग्मी परमेश्वर खनाल, सागर सुवेदी, ओमकार सापकोटा लगाएतको उपस्थितिमा ज्ञापन पत्र बुझाईएको हो । अस्पतालमा कार्यरत कर्मचारीहरु जो अनियमिततामा संलङ्न छन् उनीहरुलाई निलम्बन गरी छानविनलाई सहयोग गर्न नेबिसंघले माग गरेको छ ।
ज्ञापन पत्र बुझदै अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले संकटको समयमा स्थापना गरिएको अस्पतालमा भएको लापरवाहीमा संलङ्नलाई कारवाही गर्न भरतपुर अस्पताल तयार रहेको बताए । घटनाको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालय चितवनले अनुसन्धान गरिरहेको भन्दै उनले अनुसन्धानको प्रतिवेदन पर्खन आग्रह गरे ।
यस्तै भरतपुर महानगरपालिकामा भने ज्ञापन पत्रलाई महागरको भित्तामा टाँसिएको छ । महानगरपालिकामा ज्ञापन पत्र वुझाउन जाँदा महानगर प्रमुख रेनु दाहाल र प्रमुख प्रशासकीय अधिकृत प्रेम राज जोशी सम्पर्कमा नआए पछि ज्ञापन पत्र सचिवालयमा दर्ता गराई भित्तामा टाँसिएको गैरेले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया