स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने युवालाई कारबाही गर्न सामाजिक विकास मन्त्रालयको माग
हेटौंडा – वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीलाई दुर्व्यवहार गर्ने युवालाई तत्काल कारबाही गर्न सामाजिक विकास मन्त्रालयले माग गरेको छ । शुक्रबार हेटौँडाबाट काठमाण्डौ जादै गरेका वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीलाई एक युवाले दुव्र्यहार गरेका थिए ।
मन्त्रालयको बिज्ञप्तीमा भनिएको छ लकडाउनको पालन नगरि ‘सुरक्षा निकायकै उपस्थितिमा केही झुण्डले गाडी रोकी, झोला खानतलासी गर्ने र अभद्र गरेको र भिडियो विभिन्न सामाजिक सञ्जालमा सार्वजनिक भएकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’ मन्त्रालयले कोभिड – १९ का कारण विश्व नै आक्रान्त भईरहेको समयमा अहोरात्र खटिने स्वास्थ्यकर्मीमाथी भएको दुर्व्यवहार प्रती खेट प्रकट गर्दै घटनाको छानमिन गरी दोषी माथि कारबाही गर्न माग गरेको छ ।
तपाइँको प्रतिक्रिया