मोबाईल बजारमा लकडाउनको असर र अबको भूमिका
दिनेश न्यैपाने,
चितवन – महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभावले विश्वको अबको अर्थतन्त्र नै नै धारासायी बन्ने अवस्थामा छ । कोरोनाले विश्वलाई नै चलायमान बन्न दिएको छैन । नत मानिसको आवत जावत नै सामान्य अवस्थामा छ । अब विश्वको अर्थतन्त्र कता जान्छ भनेर आँकलन गर्ने सकिने अवस्था छैन ।
कोरोनाको कारण बढ्दै गएको बेरोजगारीले अबको दिनलाई झन जटिलतातर्फ धकेल्ने संकेत प्रष्ट देखिदै छ । यसले मोबाइल बजारमा पनि ठुलो समस्या ल्याउने देखिन्छ ।
२०७२ सालमा आएको महाभुकम्पले नेपालको मोबाईल क्षेत्रलाई ठूलो चोट पुर्याएको थियो । त्यस महामारीले दिएको चोटमा खाटो बस्न नपाउदै छिमेकी राष्ट्रले गरेको नाकाबन्दीले नेपालको अर्थतन्त्र पूर्ण रुपमा थला पर्यो । अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको मोबाइल बजार फेरि एकपटक कमजोर अवस्था मा पुगेको छ ।
मोबाईल बजार अर्थतन्त्रमा पूर्णरुपमा निर्भर रहने भएकाले नेपालको मोबाईल बजार पनि त्यतिकै दयनिय अवस्थामा रहेको पाईन्छ । नेपलको अर्थतन्त्रलाई चलाएमान बनाउने एक मात्र माध्यमा रेमिटेन्स हो र नेपालको अर्थतन्त्रमा रेमिटेन्सले ठूलो हिस्सा लिदै आएको छ। दक्षिण एसियाभित्र नेपालमा रेमिटेन्सले ठुलो हिस्सा ओगटेको छ ।
चालू आर्थिक वर्ष को तथ्याङ्क हेर्दा नेपाली बजारमा विश्वका विभिन्न देशबाट मोबाइल भित्रिने गरेको छ । तर ती मध्ये चीन, भियतनाम, भारत लगायतका देशबाट बढी मात्रामा मोबाइल नेपाली बजारमा भित्रिने गरेका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोनाले आपूर्तिमा समस्या होला भन्ने उद्देश्यले व्यवसायीले पहिल्यै मोबाइल सामान्य भन्दा धेरै मोबाइल आयात ।गरेको पनि पाईन्छ ।
मोबाइल ल्याउने मुलुकमा बन्दाबन्दी होला भनेर व्यवसायीले मोबाइल स्टक राख्न पहिल्यै आयात गरे पनि अहिले ब्यापार नहुँदा घाटा व्यहोर्नु परेको गुनासो पनि सुनिएको छ ।कोरोनापछि देश सामान्य अवस्थामा आए पनि मोबाइलले बजार लिने लामो समय लाग्ने पक्का पक्की नै छ । यो अवस्थामा व्यवसायीहरुलाई बैंकको ॠण कसरी तिर्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ । बिगतको बर्षलाई आधार मान्ने हो भने यो समयलाई मोबाईल ब्यापारको मेरुदण्डको रुपमा लिने गरिन्थ्यो । यो समय चार लाख भन्दा बढी बिद्यार्थीले एसईई र नौ लाख बढीले उच्च माध्यमिक तहको परीक्षा दिने भएकोले मोबाइल बजारमा सकरत्मक प्रभाव पर्ने देखिन्थ्यो ।
साच्चै समय आयेकै हो त
लकडाउनमा घर बाहिर निस्कन नमिलेपछि अधिकांश समय इन्टरनेट, मोबाइल, ल्यापटप अनि टिभीमा नै बित्ने गरेको छ । शैक्षिक संस्थाहरुले अध्ययन अध्यापन, बिभिन्न संघ संस्थाहरुको बैठकदेखी सेमिनार, गोष्टीलगायत पनि अनलाइन मार्फत नै हुन लागेको छ ।
पछिल्लो समय मोबाइलले विश्वमै राम्रो बजार पाइरहेको थियो। मोबाइल प्रयोगकर्ता पनि बढ्दै गएका थिए । ग्रामीण क्षेत्रसम्म दूरसञ्चार पूर्वाधार तथा सेवा पुग्न थालेपछि क्षेत्रमा पनि मोबाइल सेवाको प्रयोग तीव्ररूपमा बढीरहेको थियो । यसले मोबाइल बजारलाई नै ठुलै राहत मिलिरहेको थियो ।
यसैलाई मूल्याकंन गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकरण जस्ता कार्यक्रमको मोडालिटीलाई पुनर्विचार गरी रोजगार गुमाएकालाई रोजगारी प्रदान गर्नेगरी बजेट र अन्य आर्थिक नीति तयार पार्नुपर्ने देखिन्छ। नयाँ योजना निर्माण गर्नु र निर्माण भएका योजनाहरुको कार्यान्वयन गर्ने र त्यसैगरी विगतमा लिइएका नीतिलाई परिमार्जन गरी भविष्यको स्पष्ट खाका तयार गर्नु आजको मुख्य आवश्यकता हो।
यस महामारीका कारण वैदेशिक रोजगारीमा गएका लाखौं युवा फर्कने र अबको दिनमा आबैधनिक रुपमा आउने मोबाईल पनि केहि कमि हुने देखिन्छ । ती युवाहरुलाई क्रय शक्ति बढाउने किसिमको चलाएमान बनाउन सके यस क्षेत्रले राम्रै फड्को मार्ने आंकलन गर्न सकिन्छ ।
(लेखक न्यौपाने ओप्पो मोबाइलका लागि चितवनका बजार प्रतिनिधि हुन्)
तपाइँको प्रतिक्रिया