सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई राखेर नेपालको नक्सा जारी गर्ने घोषणा
काठमाडौं – नेपाल सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गर्ने बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेट नयाँ नक्सा सार्वजनिक गरिने बताएकी हुन् ।
ऐतिहासिक सन्धी, नक्सा, तथ्य र प्रमाणका आधारमा कुटनीतक माध्यमबाट सीमा सम्बनधमा बाकी रहेका विषयको समाधान गरिने भन्दै लिम्पयाधुरा, लिपुलेक र कालापानी नेपालको भुमि भएको भन्दै त्यसलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल र छुटेको भुमि समेटेर नेपालको नक्सा जारी गरिने भण्डारीले बताईन् ।
तपाइँको प्रतिक्रिया