पेट्रोलियम पाइपाइनलाई चितवनको लोथरसम्म ल्याइने
काठमाण्डौ – सरकारले चितवनसम्म पेट्रोलियम पाइपलाइन ल्याउने भएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म आएको पेट्रोलियम पाइपाइनलाई चितवनको लोथरसम्म ल्याइने आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै, भारतको सिलगुडीबाट झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन बनाउन अध्ययन सम्पन्न गरेर निर्माण प्रक्रिया थाल्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।त्यसैगरी, चितवन, झापा र सर्लाहीमा पेट्रोलियम पदार्थको भण्डारण गरिने राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रममा उल्लेख गरेकी छन् ।
तपाइँको प्रतिक्रिया