नेपाल र प्रचण्ड निकट स्थायी कमिटी सदस्यले ‘एक व्यक्ति एक पद’ माग्ने

एटुजेड समाचार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को २५ गते बस्ने स्थायी कमिटीको बैठकमा माधव कुमार नेपाल तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट स्थायी कमिटी सदस्यहरूले ‘एक व्यक्ति एक पद’को माग गर्ने निर्णय गरेका छन्।

पाटनमा मंगलबार बसेको उनीहरूको भेलाले यस्तो निर्णय गरेको प्रचण्ड निकट स्थायी कमिटी सदस्य गणेश साहले बताए। पाटनमा भएको यो भेलामा नेपाल-प्रचण्ड समूहका सबैजसो सदस्य सहभागी भएको साहको भनाइ छ।

उनले आफूहरूले लेखेको पत्रका आधारमा दुई अध्यक्षले बैठक बोलाएकाले बैठकमा आफ्नो धारणा कसरी प्रस्तुत गर्ने भन्ने विषयमा छलफल गर्न भेला भएको जानकारी दिए।

‘दुई अध्यक्षले हामी २० जना सदस्यले लेखेको पत्रका आधारमा बैठक बोलाउनु भएको हो। त्यसैले हामीले सचिवालयले पेस गर्ने प्रतिवेदनमा कसरी प्रस्तुत हुने भन्नका लागि छलफल गरेका हौं’, साहले भने, ‘हामीले बैठकमा एक व्यक्ति एक पदको माग गर्ने भएका छौं।’ बैठकमा प्रधानमन्त्रीको राजिनामासम्म माग्ने विषयमा छलफल भएको उनले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू