काठमाडौं – आज पाँचौ राष्ट्रिय पत्रकारिता दिवस। कोरोना भाइरस संक्रमणको जोखिमका कारण मुलुक लकडाउनभएका कारण यस वर्ष औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन्।
नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो। त्यस्तै सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रुपमै मनाउन मान्यता दिएपछि यो दिवस मानउन वैशाख २४ गत मनाउन थालिएको हो।
विक्रम सम्वत १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रूपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो। दिवसका अवशरमा नेपाल पत्रकार महासंघले संचारकर्मी र यस क्षेत्रका सरोकारवालाई शुभकामना दिएको छ। महासंघका अध्यक्ष गोविन्द आचार्यले शुभकामना सन्देश जारी गरी गोरखापत्रको १२० औ वार्षिकोत्सव तथा पाँचौ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीका साथै सबै महानुभावहरुमा शुभकामना दिएका छन्। उनले नेपाली सञ्चार क्षेत्रको पुर्नसंरचना, सञ्चार सम्वन्धी नयाँ कानून र संरचना निर्माणका साथै सञ्चार क्षेत्रका समस्या समाधानका लागि सबै तहका सरकारहरुले पेलेरै एकपक्षीय ढंगले अघि बढ्छु भन्ने सोंच त्याग्न सकून भन्ने कामना पनि गरेका छन्।