काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो बनाउने बेला नआइसकेको बताएका छन्। कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट टिम (सिएमसी) ले तयार पारेको लकडाउन खुकुलो गर्ने ‘मोडालिटी’ लाई प्रधानमन्त्री ओलीले अहिले जरूरी नरहेको बताएका थिए।
‘सिएमसीले ग्रिन जोन, यलो जोन र रेड जोन बनाउने प्रस्ताव ल्याएको थियो,’ एक मन्त्रीले भने, ‘प्रधानमन्त्रीले ‘अहिले नै यो क्षेत्र तोक्ने बेला भएको छैन कि, विचार गर्नुस्’ भन्नुभयो।’ भारतमा कोरोना संक्रमण बढिरहेको र हुनुपर्ने परीक्षण पनि नभइनसकेकाले अहिले नै जोखिममुक्त भइयो भनेर नठान्न समेत प्रधानमन्त्री ओलीले निर्देशन दिएका थिए।