काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार नाघेको छ। बुधबार बिहानसम्म कोरोनाका कारण २ लाख ५८ हजार सात जनाको ज्यान गएको हो ।
कोरोना संक्रमणको कारण सबैभन्दा धेरै अमेरिकामा ७२ हजार २५० को ज्यान गएको छ। यस्तै बेलायतमा २९ हजार ४२७, इटलीमा २९ हजार ३१५, स्पेनमा २५ हजार ६१३, फ्रान्समा २५ हजार ५३१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। अमेरिकामा सबै भन्दा धेरै १२ लाख ३७ हजार २ सय ६९ जना संक्रमित छन्। त्यस्तै स्पेनमा २ लाख ५० हजार पाँच सय ६१ जना संक्रमित छन्।
इटालीमा संक्रमितको संख्या २ लाख १३ हजार नाघेको छ। बेलायत र फ्रान्समा क्रमशः १ लाख ९४ हजार ९ सय ९० र १ लाख ७० हजार ५ सय ५१ संक्रमित रहेका छन्। रुसमा तीव्र रुपमा फैलिएको यो भाइरहका कारण १ लाख ५५ हजार ३ सय ७० जनामा संक्रमण देखिएको छ। त्यहाँ १ हजार ४ सय १५ कोे ज्यान गएको छ। त्यस्तै जर्मनीमा ६ हजार ९ सय ९३ जनाले ज्यान गुमाएका छन् भने १ लाख ६७ हजार संक्रमति छन्। टर्की र ब्राजिलमा पनि एक लाख भन्दा बढी संक्रमित पुगेका छन्।
भारतमा १६ सय ९३ जनाले ज्यान गुमाईसकेका छन् भन् ४९ हजार चार सयमा सक्रमण देखिएको छ। हालसम्म विश्वकार २१५ देशमा फैलिएको कारोना ३७ लाख २४ हजार १५१ जना संक्रमित भइसकेका छन्। १२ लाख ३९ हजार ८८३ जना उपचार पछि निको भएर घर फर्किएका छन्।