भरतपुरको सुकुम्बासी बस्तीको संकटमा ईनरहुईल

एटुजेड समाचार

चितवन – भरतपुर महानगरपालिका वडा नम्बर २ मा रहका सुकुम्बासी समुदायमा ईनरहुईलले आफ्नो उपस्थिती देखाएको छ । वडा नम्बर २ आपटारीमा रहेको सुकुम्बासी बस्तीका ५१ परिवारलाई ईनर हुईल क्लब अफ भरतपुरले खाध्यन्न सहयोग गरेको छ ।

क्लबका पूर्ब अध्यक्ष डम्बरकुमारी पोख्रेलका अनुसार सो बस्तीमा प्रति परिवार १० किलो चामल, १ लिटर तेल, १ पोका नुन र १ किलो गाँजर सहयोग गरेको हो । वडा अध्यक्षको समन्वयमा क्लबका पदाधिकारी, सदस्य, पूर्ब अध्यक्षहरुले राहत सामाग्री हस्तान्तरण गरेका थिए ।

क्लवको संस्थापक अध्यक्ष मनकुमारी सेनको उपस्थितिमा सहयोग सामाग्री हस्तान्तरण गरिएको हो । क्लबकी अध्यक्ष ज्योतीमायाँ क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका पूर्ब अध्यक्ष सहित ११ जनाका सहभागिता रहेको थियो ।

 

फाइल तस्बिर

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू