चितवन – नेपाल भ्यालुअर्स एसोसिएसन चितवनले भरतपुर अस्पताललाई अटोमेटिक फुट अपरेटेड वास मेसिन सहयोग गरेको छ । एसोसिएसनले आज (मंगलबार) अस्पताललाई खुट्टाबाट सन्चालन हुने वास मेसिन सहयोग गरेको हो ।
उक्त मेसिन एसोसिएसनका अध्यक्ष दीपेन्द्र श्रेष्ठले भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीमार्फत अस्पताललाई हस्तान्तरण गरे । अस्पतालमा अग्रपंतीमा रहेर बिरामीको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा सेवाग्राहीहरुको सुरक्षालाई मध्यनजर गर्दै एसोसिएसनले उक्त मेसिन हस्तान्तरण गरेको हो ।


स्वास्थ्यकर्मीहरु बिरामीको नजिक रहेर काम गर्दा हुने जोखिमलाई मध्यनजर गर्दै मेसिन सहयोग गरिएको एसोसिएसनका अध्यक्ष श्रेष्ठले बताए । यस्तै अस्पतालमा बिरामीको चाप बढी हुनेभएकोले पनि यस किसिमको मेसिन आवश्यक पर्ने उनको भनाई छ । उक्त मेसिन ३० हजारको लागतमा निर्माण गरिएको उनले बताए ।
अस्पतालका अध्यक्ष अधिकारीले कोरोनाबाट बच्नको लागि हात धुनु नै सबै भन्दा उत्तम उपाए भएको बताए । उक्त हात धुने मेसिन कोरोना नियन्त्रण तथा रोकथामको लागि प्रभावकारी हुने उनको भनाई छ । उनले उक्त मेसिन तयार गर्ने रिभर्स ईन्जिनियरिङ्ग एण्ड म्यानुफ्याक्चरिङ्ग र अस्पताललाई सहयोग गर्ने एसोसिएसनलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताए । ५ सय लिटर क्षमताको ट्यांकीसहितको मेसिनलाई खुट्टाको प्रयोगबाट साबुनको झोल हातमा हाल्ने र मिचेर दाहिने खुट्टाको प्रयोग गरि धारा खोलेर हात धुन सकिनेछ ।