लकडाउन थप्न उच्चस्तरीय समितिको सिफारिस, भोलीको मन्त्रिपरिषद्‍ले टुंगो लगाउने

एटुजेड समाचार

काठमाडौं  – कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनलाई यही रुपमा थप्न सरकारलाई सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जारी लकडाउनलाई यही रुपमा थप्न सरकारलाई सिफारिस गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसहित बसेको बैठकले अत्यावश्यक सेवा संचालन गर्ने गरी लकडाउन थप्नु पन्ने सुझाव दिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले संक्रमणको जोखिम अझै नसकिएको र नियन्त्रणका लागि सरकारले लिएको लकडाउनको नीति ठीक भएको निष्कर्ष बैठकले निकालेको बताए । लकडाउन कती दिन थप्ने भन्ने बिषयमा भने भोली बस्ने मन्त्रिपरिषद् बैठकले टुंगो लगाउनेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु