चितवन – चितवन राष्ट्रिय निकुञ्ज सौराहामा रहेको टाइगर इकोलोजी परियोजनाले ल्याएको हात्ती आज बिहान मरेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा रहेको अन्दाजी ७० वर्षको कृतिकली मरेको हो ।
कोषका प्रमुख रामकुमार अर्यालका अनुसार विसं २०३० मा तराईबाट ल्याएको सो हात्ती उमरे हदकै कारण मरेको देखिएको छ । पछिल्लो समय बिरामी परेको सो हात्ती बिहान मृतावस्थामा भेटिएको हो । हात्तीलाई पशु चिकित्सकद्वारा परीक्षण गरी गाडिएको छ । रासस

