चितवन – नेकपा विप्लव समूहका पोलिट्ब्यूरो सदस्य अनिल शर्मा विरहीलाई प्रहरीले अस्पतालबाटै पक्राउ गरेको छ ।
चितवनको रत्ननगर वडा नं ५ घर भएका नेता शर्मा भर्याङबाट लडेपछि परिवारका सदस्यहरुले पुरानो मेडिकल कलेज पुर्याएका थिए । उनी अस्पतालमा पुगेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
शर्मा विप्लव समूहको प्रकाशन विभाग प्रमुख हुन् । चितवनका प्रहरी प्रमुख एसपी नान्तिराज गुरुङले विप्लव समूहका एक नेता पक्राउ गरेको जनाएका छन् । उनलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।