काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले अहिले बिचौलियाहरु किसानको बारीमा नपुगेकाले किसानलाई केही समस्या परेको बताएका छन् ।
लकडाउनले गर्दा बिचौलिया नपुग्दा किसानका उत्पादन बिक्री–वितरणमा केही समस्या भएको तर बिचौलियाविनाको व्यापार पनि राम्रो भएको मन्त्री भट्टले बताए ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको भिडिओ कन्फ्रेन्समा मन्त्री भट्टले किसानका उत्पादन बजारसम्म ल्याउन सहकारी र पालिकाहरुले समन्वय गरिरहेको र ढुवानी खर्चको २५ प्रतिशत अनुदान दिने व्यवस्था मिलाएकाले किसानले पालिकाहरुमा सम्पर्क गर्न सक्ने पनि बताए ।
सरकारले सकभर स्थानीय उत्पादनलाई प्राथमिकता दिने नीतिका साथ काम गरिरहेको तर भारत वा अन्य देशबाट आउने तरकारी या खाद्यान्न रोक्न भने नमिल्ने उनले बताए ।