राहत प्याकेजका लागि अमेरिकाले तीन ट्रिलियन डलरको ऋण लिने

एटुजेड समाचार

एजेन्सी – कोरोनाभाइरसका कारण राहत प्याकेज र अन्य खर्चका लागि अमेरिकाले आर्थिक वर्षको दोस्रो त्रैमासिकमा तीन ट्रिलियन डलर ऋण लिनुपर्ने स्थिती पैदा भएको बताएको छ ।

सन् २००८ को आर्थिक संकटको समयमा एक त्रैमासिकमा अमेरिकाले जति ऋण लिएको थियो अहिलेको रकम त्योभन्दा पाँच गुणा बढी छ । सरकारले यसको मञ्जुरी दिइसकेको छ । यी पैसा स्वास्थ्य सेवा, राहत प्याकेज र मानिसहरुलाई सिधै पैसा पठाउनका लागि प्रयोग गरिने बताइएको छ ।

अब अमेरिकामा कूल २५ ट्रिलियन डलरको ऋण लागेको छ । कोरोना महामारीसँग जुध्नका लागि दिइने आर्थिक प्याकेज अमेरिकी अर्थव्यवस्थाको करिब १४ प्रतिशत हो ।

स्रोतः बीबीसी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू