काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३६ लाख नाघेकाे छ। अहिलेसम्म कोरोना संक्रमणबाट साँढे २ लाख भन्दा बढी मानिसको ज्यान गईसकेको छ ।
विश्वका २१५ देशमा फैलिएको कोरोनाको संक्रमणका कारण आज बिहानसम्म २ लाख ५२ हजार २४ जनाको मृत्यु भइसकेको छ । सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिकामा रहेको छ। अमेरिकामा कोरोनाका कारण ६९ हजार ७२५ को मृत्यु भएको छ। त्यहाँ संक्रमितको संख्या १२ लाख १२ हजार ३ सय ५४ रहेको छ। अमेरिकामा हाल सम्म १ लाख ८७ हजार ४ सय ८४ निको भएका छन्।
इटलीमा २९ हजार ७९, बेलायतमा २८ हजार ७३४, स्पेनमा २५ हजार ४२८ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ। विश्व्भर कोरोना संक्रमितको संख्या ३६ लाख ४२ हजार नाघेको छ। ११ लाख ९४ हजार १७७ उपचार पछि निको भएर घर फर्किसकेका छन्।