चितवन – द आर्ट अफ लिभिङ चितवनले भरतपुर २७ मेघौलीमा अतिविपन्न बर्गका परिवारलाई खाद्यान्न सहयोग गरेको छ । मेघौलीस्थित दद्रेनीका ६० परिवारलाई आर्ट अफ लिभिङले खाद्यान्न सहयोग गरेको हो ।
आर्ट अफ लिभिङ चितवन संयोजक भोज बहादुर खड्काले भरतपुर २७ का वडाध्यक्ष गोविन्द तामाङलाई उक्त खाद्यान्न हस्तान्तरण गरे । एकद्वार प्रणालीबाट वडाध्यक्ष तामाङ मार्फत उक्त खाद्यान्न सहयोग गरिएको संयोजक बहादुर खड्काले जानकारी दिए ।
खड्काका अनुसार अतिविपन्न ६० परिवारलाई चामल,दाल, तेल, नुन, साबुन लगायतको सामाग्री सहयोग गरिएको हो । कोरोना भाइरस र जारी लकडाउनको कारण समस्यामा परेका बर्गलाई लक्षित गर्दै खाद्यान्न सहयोग गरिएको खड्काले बताए । आर्ट अफ लिभिङ चितवनले आज पाँचौ चरणमा खाद्यान्न सहयोग गरेको हो ।
गुन्जमान सिंह अस्पताललाई खाद्यान्न सहयोग
आर्ट अफ लिभिङ चितवनले पुर्वी चितवनको रत्ननगर नगरपालिका १४ पिठुवास्थित गुन्जमान सिंह अस्पतालको क्वारेन्टाइनमा बसेका ब्यक्ती तथा कर्मचारीलाई खाद्यान्न सहयोग गरेको छ ।
आर्ट अफ लिभिङ चितवन संयोजक भोज बहादुर खड्काले उक्त खाद्यान्न अस्पताल प्रशासक मोहन खड्कामार्फत क्वारेन्टाइनमा बसेका ब्यक्ती तथा सेवारत कर्मचारीलाई सहयोग गरेको हो । चामल,दाल, तेल, नुन, साबुन लगायतको सामाग्री सहयोग गरिएको आर्ट अफ लिभिङ चितवन संयोजक खड्काले जानकारी दिए ।