केशब तिवारी घायल,
जर्मनीमा आजदेखी शुरु भएको ” प्रथम अनलाइन डेडो खुल्ला युरोपियन पुम्से २०२० च्याम्पियनसिप” मा नेपालका ५ खेलाडीहरु सहभागी भएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को समयमा पनि अनलाइनको माध्यमबाट हुन लागेको प्रतियोगितामा ५ नेपाली खेलाडी सहभागी भएका हुन् ।
मे १० सम्म हुने च्याम्पियनसिपमा १३ औं साफ गेममा स्वर्ण पदक बिजेता चितवनकी पार्वती गुरुङले ३० बर्ष मुनि उमेर समूह बाट सहभागीता जनाएकी छिन् । यस्तौ पुरुषतर्फ ३० बर्ष उमेर समुहबाट प्रेम बहादुर लिम्बू , कमल श्रेष्ठ ,जित बहादुर बोटे र ५० बर्ष उमेर समुहमा लक्ष्मण बहादुर ऐरले सहभागीता जनाएका छन् ।
च्याम्पियनसिपमा बिश्वभरबाट महिला तर्फ ३० बर्ष उमेर समुहमा ११२ जना र पुरुष तर्फ १०७ जनाले सहभागीता जनाएका छन भने ५० बर्ष उमेर समुहमा ७२ जना सहभागी छन । प्रतियोगितामा सहभागी नेपाली खेलाडिहरुले सामाजिक दुरी कायम गर्दै बिहान र बेलुका गरि दैनिक ४ घण्टा प्रशिक्षण गरिरहेका छन् । उक्त प्रतियोगीतामा सहभागी हुने सबै खेलाडिहरुले आफ्नै ट्रेनिङ हलमा तयार पारेको भिडियोलाई अनलाइनमा राखीसकेपछी प्राप्त हुने लाइक, कमेन्ट र सेयर गरिएको आधारमा बिजेता छनौट गरिनेछ ।
सबै नेपाली खेलाडीहरु अब्बल भएकोले नतिजा राम्रो आउने विश्वास गरिएको प्रशिक्षक रमेश कार्किले बताएका छन । नेपाली खेलाडी हरुले उक्त प्रतियोगिताको माध्यमबाट नेपाल र नेपालिको शान बढाउनेमा बिश्वस्त रहेको कार्कीको भनाइ छ । साथै उनले सम्पुर्ण नेपालिहरुलाइ खेलाडिको हौषला बढाउनका लागि गरीदिन युट्युबमा गएर भिडियोमा लाइक कमेन्ट र सेयर गर्न आग्रह समेत गरेका छन् । कोभिड – १९ का कारण बिश्वभरका ठुला प्रतियोगिताहरु स्थगित भैरहेका बेला आयोजना गरिएको अनलाइन प्रतियोगितालाई निकै महत्त्वका साथ हेरिएको छ ।