चितवन – जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला बाहिर जानका लागि पास उपलब्ध नगराउने भएको छ । आज (सोमबार) एक सुचना जारी गर्दै चितवन प्रशासन जिल्ला बाहिर जानको लागि पास जारी नहुने जानकारी दिएको छ ।
चितवन – आजदेखी नै जिल्ला बाहिर जानका लागि पास बन्द गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकिय अधिकृत इश्वर सिंखडाले जानकारी दिए । सिंखडाका अनुसार एम्बुलेन्स बाहेकका सवारी आजदेखी चितवन बाहिर जान पाउने छैनन् ।
कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउन उल्लघंन बढ्न थालेपछि प्रशासनले यस्तो निर्णय लिएको उनले बताए । बिरामीलाई चितवन जिल्ला बाहिर लानुपरे एम्बुलेन्स प्रयोग गर्नुपरे उनले बताए । “आजबाट नै जिल्ला बाहिर जानका लागि पास उपलब्ध गराउन बन्द गरेका छौं उनले भने, यदी बिरामीलाई चितवन बाहिर लैजानु परे एम्बुलेन्स प्रयोग गर्नुपर्छ. व्यक्तिगत सवारीमा लान पाँइदैन ।” यस अघी स्विकृत भएका पासहरु पनि रद्द हुने उनले बताए ।