चितवन – स्वीस सरकारको लगानीमा संचालित योजनाहरु यस वर्ष सम्पन्न नहुने भएपछि आगामी वर्ष समावेश गर्न पूर्वी चितवनका नगरपालिकाहरु सहमत भएका छन् । कोरोना सक्रमण पछि जारी लकडाउनका कारण पुर्वी चितवन नदि नियन्त्रण तथा जिविकोपार्जन कार्यक्रम अन्र्तगतका योजनाहरु सम्पन्न नहुने अवस्थामा पुगेका छन् ।
योजना सम्पन्न नह’ने भएपछि पूर्वी चितवनका चार नगरपालिकाको वैठकले योजनालाई निरन्तरता दिन नेपाल सरकार र स्वीस सरकारलाई आग्रह गर्ने निर्णय गरेको खैरहनी नगरपालिकाका प्रम’ख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले बताए ।



खैरहनी नगरपालिकामा वसेको नगर प्रमुख, उपप्रमुख, प्रमुख, प्रशासकीय अधिकृत,लेखा अधिकृतको वैठकले आयोजनाको समयावधि सकिएपनि योजनालाई निरन्तरता दिन अन’रोध गर्ने निर्णय गरेको हो । साथै आगामी वर्ष निरन्तरता दिदा सो कार्यक्रममा नेपाल सरकारबाट व्यहोर्नुपर्ने अंश योगदान प्राप्त नभएपनि दातृ संस्थाले लगानी गरि नपुग हुने रकम सम्पुर्ण स्थानीय तहले आआफ्नो योजनामा लगानी गरि योजनालाई पुर्णता दिन सवै नगरपालिकाहरु सहमत भएका छन् ।
खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीका अनुसार पुर्वी चितवन नदि नियन्त्रण तथा जिविकोपार्जन कार्यक्रम अन्र्तगत राप्ती ड्याक मर्मत,भित्री खोलाहरुमा तटवन्धन,सिंचाई व्यवस्थापन,जलाधार क्षेत्र संरक्षणको काम हुँदै आएको छ ।
ति योजनाहरु संचालनका लागि आयोजनाको समयावधि यस वर्ष सकिदैछ । यो वर्ष पूर्वी चितवनमा झण्डै !६ करोडको वजेट विनियोजन भएर काम भईरहेको खैरहनीका मेयर चौधरीले बताए । वैठकमा खैरहनीका मेयर लालमणि चौधरी,रत्ननगरका मेयर नारायण वन,कालिकाका मेयर खुमनारायण श्रेष्ठ,राप्तीकी मेयर प्रभा बराल,खैरहनीका उपमेयर सुनिता थपलिया, प्रमुख प्रशासकीय अधिकृतहरु पुरुषोतम शर्मा,टुवराज पोखरेल,यज्ञ पुरी,गंगावहादुर भुजेल, लेखा अधिकृतहरु केशव हुमागांई,ऋषि कडुवाल,गोपाल तिवारी,रत्ननगरका प्रवक्ता राजेन्द्र हमालको उपस्थिती रहेको थियो ।