प्रचण्ड पुगे प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार

एटुजेड समाचार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई नेताबीचको भेटमा ३ दिनपछि बस्ने स्थायी कमिटीमा छलफल गर्ने एजेण्डाका बारेमा कुराकानी भएको बुझिएको छ ।

प्रधानमन्त्री र अध्यक्षबीच भेटवार्ता भएपनि विषयबारे थाहा नभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले बताए । गत शनिबार बसेको सचिवालय बैठकपछि ओली र प्रचण्डबीच सोमबार पहिलो पटक भएको हो ।

प्रचण्डले स्थायी समितिमा छलफल गर्ने एजेण्डा तयार गर्ने जिम्मेवारी पाएका छन् । २५ गते बस्ने स्थायी समिति बैठकमा पेश गर्ने एजेण्डा तय गर्न २४ गते सचिवालय बैठक बस्दैछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू