गाईबस्तु चराउन गएकी बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

एटुजेड समाचार

दाङ – जंगलमा गाईबस्तु चराउन गएकी एक बालिकालाई जवरजस्ती बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

बालिकामाथि बलात्कार गरेको अभियोगमा दंगिशरण गाउँपालिका वडा नं. ८ चखौरा निवासी २२ वर्षीय सचिन चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले बताए ।

शनिबार दिउँसो साढे २ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. २ कुईरेपानीस्थित जंगलमा गाई चराउन गएकी शान्तिनगर गाउँपालिका वडा नं. १५ निवासी एक बालिकालाई चौधरीले बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चौधरी बागरखोलामा नहर निर्माणको काम गर्न खटिएका इन्जिनियर हुन्। बलात्कारपछि फरार भएका चौधरीलाई लुकीछिपी बसेको अवस्थामा अस्थायी प्रहरी पोष्ट बालापुरबाट गएको प्रहरी टोलीले चखौरा गाउँवाट नियन्त्रणमा लिएको हो।

चौधरीमाथि जबरजस्ती करणीसम्वन्धि कसुरमा मुद्दा दर्ता गरी कारबाही अघि बढाइएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु