सिन्धुपाल्चोक – अज्ञात रोगबाट सिन्धुपाल्चोकमा २ वटा लैनो भैंसी र ७ वटा बाख्रा मरेका छन् । चौतारा सागाचोकगढी नगरपालिका–३ बतासे भुस्लुङ गाउँमा स्थानीय मानकुमारी थापा र कर्णबहादुर धितालको लैनो भैँसी आइतबार मृत फेला परेको स्थानीय शैलेन्द्र सिलवालले जानकारी दिए ।
८÷१० घण्टाको अवधिमा सातवटा बोका तथा बाख्रा पनि मरेका छन् । अन्य थुप्रै बिरामी परेको वडा सदस्य खिकबहादुर थापाले बताए ।
नगरपालिकाका अन्य केही वडामा पनि फाट्टफुट्ट बाख्रा मर्ने गरेको स्थानीयवासीले बताएका छन् ।
गाउँमा एउटा दुहुना भैंसीको रु ८० देखि ९० हजारसम्म मूल्य पर्छ । यसरी मरेका भैंसीमा रोगको कुनै लक्षण नदेखिएको र बाख्रामा भने घुँडा सुन्निने र सामान्य छेर्ने लक्षण देखिएको जनाइएको छ । रासस