भारतीय कांग्रेस प्रमुख साेनिया गान्धीले प्रवासी मजदुरहरुलाई आफ्नाे गृह राज्य फर्कनकाे लागि रेलवेकाे तर्फबाट भाडा असुली गरेकाे भन्दै कडा आलाेचना गरेकी छिन् ।
साेनीकाे गान्धीकाे तर्फबाट प्रकाशित गरिएकाे बयानमा प्रदेश कांग्रेस कमिटीकाे प्रत्येक इकाइले सबै विपन्न मजदुरहरुलाई घर फर्कनकाे लागि रेलकाे टिकट किनिदिने बताइएकाे छ ।


साेनिया गान्धीले केन्द्रकाे नरेन्द्र माेदी सरकारलाई निसाना बनाउँदै भनिन्, ‘मजदुर राष्ट्र निर्माणका दूत हुन् । हामी विदेशमा अलपत्र परेका भारतीयहरुलाई आफ्नाे कर्तव्य सम्झेर सित्तैमा देश ल्याइरहेका छाैँ, गुजरातमा केवल एक कार्यक्रममा सरकारी ढुकुटीबाट सय कराेड रुपैयाँ जम्मा गर्न सकिन्छ, रेल मन्त्रालय काेराेना काेषमा एक सय ५१ कराेड रुपैयाँ दिन सक्छ तर यी मजदुरुहरुलाई सित्तैमा घर पुर्याउन किन सक्दैन ?’
एक तरफ रेलवे दूसरे राज्यों में फँसे मजदूरों से टिकट का भाड़ा वसूल रही है वहीं दूसरी तरफ रेल मंत्रालय पीएम केयर फंड में 151 करोड़ रुपए का चंदा दे रहा है।
जरा ये गुत्थी सुलझाइए! pic.twitter.com/qaN0k5NwpG
— Rahul Gandhi (@RahulGandhi) May 4, 2020
प्रवासी मजदुरसँग रेलवेकाे तर्फबाट भाडा असुली भएकाे भन्दै कांग्रेस नेता राहुल गान्धीले पनि ट्वीट गरेका छन्, ‘एकातिर रेलवे दाेस्राे राज्यमा फसेका मजदुरसँग भाडा असुल गरिरहेकाे छ भने अर्काेतिर रेल मन्त्रालयल पीएम केयर फण्डमा एक सय ५१ कराेड रुपैयाँ जम्मा गरिरहेकाे छ । चाँडाे याे गाँठाे सुल्झाइयाेस् ।’एजेन्सी