संचारकर्मी आचार्य निर्देशित ‘आकाशको कालो बादल’ सार्वजनिक

एटुजेड समाचार

काठमाडौं – गायिका कविता बलामीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। ‘आकाशको कालो बादल’ बोलको गीतमा शब्द तथा संगीत सत्य स्वरुपको रहेको छ ।

सार्वजनिक भिडियो साइ राम पिक्चर्सको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । अमुल कार्कीको संगीत संयोजन रहेको गीतमा माया प्रेममा धोका पाए पछिको भाव पाउन सकिन्छ । संचारकर्मी कुमार आचार्यको निर्देशनमा बनेको भिडियोमा लिगेश भट्टराई,श्रेया दुलाल र मेनुका माझिलाइ फिचर्ड गरिएको छ ।

बिरेन्द्र भट्टले छायांकन गरेको भिडियोलाइ अच्युत बजगाईंले सम्पादन गरेका हुन् । लिगेश भट्टराइको कोरियोग्राफी रहेको भिडियोलाइ सेलिब्रेटी नेपालले निर्माण गरेको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू