चितवनमा बेबारिसे पैसा फेला, कोरोना फैलाउन फालेको हुनसक्ने भन्दै स्थानिय त्रसित

एटुजेड समाचार

चितवन – पुर्वी चितवनको रत्ननगर नगरपालिकामा बेबारिसे पैसा फेला परेको छ । आज (सोमबार) बिहान रत्ननगरको टाँडी चोक नजिक हाइस्कुल रोडमा बेबारिसे पैसा फेला परेको हो ।

स्थानियका अनुसार बिहान मोटरसाइकलमा आएका एक ब्यक्तीले पाँच सयको एउटा , पचाँस र बिसको एक एक वटा नोट फालेर भागेका थिए । उक्त पैसा प्रहरीले बरामद गरेको छ ।पैसा कसले किन फाल्यो भन्ने बिषयमा अनुसन्धान गरिने ईलाका प्रहरी कार्यालय टाडीले जनाएको छ ।

कोरोना भाइरस फैलाउनका लागि पैसा फालेको हुन सक्ने भन्दै स्थानिय त्रसित भएका छन् । यस अघी जनकपुरमा पनि यस्तै घटना घटेको थियो । जनकपुरमा पैसा फालेर भाग्ने दुई महिलालाई पक्राउ गरी कोरोना भाइरस परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू