वासिंगटन डिसी – नेपाली युवा दिवेश पोख्रेल (आर्थर गन) अमेरिकन आइडलको टप १० मा पर्न सफल भएका छन्। आइतबार साँझ एबिसी टेलिभिजनमा प्रसारण गरिएको उनको प्रस्तुतिपछि उनी टप १० मा पर्न सफल भएका भएका हुन् ।
उनले टप टेपमा छनोट भइसकेपछि टेक मी होम बोलको गीत गाएका थिए। आफ्नो प्रस्तुती सकिए लगत्तै खुसी भएका पोख्रेलले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमार्फत संसारभरबाट आफूलाई मतदान गर्ने सम्पूर्णमा आभार व्यक्त गरेका छन्। अडिशनको सुरुरवाती चरणबाटै उत्कृष्ट प्रस्तुति दिँदै आएका दिवेशले करोडौं दर्शकका साथै आफ्ना जजहरुको मन जित्दै आइडलको उत्कृष्ट १० मा पर्दा अत्यन्तै खुसी भएको प्रतिकृया दिएका छन् ।
उनको विजयमा खुसी हुँदै नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसीले एक फेसबुक स्ट्याटस लेख्दै दिवेशले नेपाली डायस्पोरालाई गर्व गर्ने बनाएको उल्लेख गरेका छन्।