कुवेतमा थप ९ जना नेपालीमा संक्रमण पुष्टि, संक्रमितको नेपालीको संख्या ८४ पुग्यो

एटुजेड समाचार

काठमाडौं – कुवेतमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ८४ पुगेको छ । दूतावासका अनुसार पछिल्लो तथ्यांकलाई हेर्दा कुवेतमा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या निकै वृद्धि भएको छ । ३ मे २०२० सम्ममा कुवेतमा ८४ जना नेपालीसहित ४ हजार ९ सय ८३ जनामा कोरोना पुष्टि भएको दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

कोरोना फैलिन नदिन र यसको प्रभावबाट मुक्त रहन अपनाउनुपर्ने सतर्कता अपनाउन तथा कोरोनाको शंका लागेमा तत्काल स्वास्थ्य परीक्षण गराउन पनि दूतावासले भनेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू