काठमाडौं – नेपालमा पहिलो पटक दश वर्षभन्दा कम उमेरका व्यक्तिमा कोभिड–१९ (नोवल कोरोना भाइरस) संक्रमण देखिएको छ । भेरी अञ्चल अस्पतालमा नमुना परीक्षण गर्दा ७ वर्षीयको रिर्पोट पोजेटीभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । यसअघि जनकपुरमा १४ वर्षीयामा कोरोना संक्रमण देखिएको थियो ।
विभिन्न अध्यनहरूले ९ वर्ष भन्दा कमलाई कोरोनाबाट सबै भन्दा ‘कम जोखिम युक्त’ उमेर समूह मानिएको छ । न्यूर्योक सिटी हेल्थका अनुसार अमेरिकामा ६ हजार ८४० को मृत्यु हुँदा १७ वर्षभन्दा कम उमेरका ३ जना थिए । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार कोरोना संक्रमित ७ वर्षीयको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

