चितवन – चितवनकी कोरोना भाइरस संक्रमित महिलाको चौथो रिपोर्ट पनि पोजेटिभ नै आएको छ । भरतपुर अस्पतालमा उपचाररत महिलाको चौथो परीक्षणको नतिजा पनि पोजेटिभ आएको हो ।
हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलाको रिपोर्ट पुनः पोजिटिभ देखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।कोरोना संक्रमित महिला हाल भरतपुर अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छिन् ।
उनीसंगै संक्रमण देखिएको २७ वर्षीय युवक भने यसअघि नै निको भएर डिस्चार्ज भएका छन् । यद्यपी उनी संक्रमित आमाको हेरचाह गरिरहेका छन् । वैशाख ४ गते भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षण गर्दा दुवै जनाको कोरोना पोजिटिभ देखिएको थियो भने वैशाख ५ गते टेकु प्रयोगशाला काठमाडौंमा पुनः परीक्षण गर्दा पनि कोरोना पोजिटिभ देखिएको थियो । उनीहरु चैत ३ गते बेलायतबाट आएर चैत ५ गते राप्ती नगरपालिका–८ स्थित घर आइपुगेका थिए ।