चितवन – नेपाली काँग्रेस चितवनका नेताहरुले भरतपुर कोरोना अस्पतालमा भएको चोरी र अनियमिताका बिषयमा अहिलेसम्म पनि ठोस काम हुन नसक्नु रहस्यमय बिषय भएको बताएका छन् । उनिहरुले घटनामा प्रमाणनै सार्वजनिक हुँदा पनि संलग्न कर्मचारीहरु निलम्बित नहुनु रहस्यमय भएको बताए । नेपाली काँग्रेस चितवनका पुर्व सभापतिहरु , बर्तमान सभापति , पदाधिकारीहरु , काग्रेसबाट निर्वाचित सांसदहरु , पुर्व सांसदहरु , उपलब्ध महासमिति सदस्यहरु लगायतको बैठकमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।
काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले चोरी प्रकरणमा संलग्नहरु माथी कारवाही नहुनुले सत्तापक्षको नियतमाथि नै प्रश्न चिन्ह खडा गरेको बताए । उनले घटनामा प्रमाणनै सार्वजनिक हुँदा पनि संलग्न कर्मचारीहरु निलम्बित नहुनु रहस्यमय भएको बताए ।
“घटनाको भिडियो सामाग्रीनै सार्वजनिक हुँदा पनि संलग्न कर्मचारीहरु निलम्बित नहुनु समेत आश्चर्यजनक छ, उनले भने यसले छानविनको बाटो प्रसस्त गर्देन ।” उनले तत्काल आरोपितहरुलाई निलम्वन गरेर दु्रत गतिमा छानविन गर्न माग गरे । उनले दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउदा समेत छानबिन सन्तोषजनक नभएको बताए ।
काँग्रेस चितवनका पु्र्व सभापति रामकृष्ण घिमिरेले कारवाही र अनियमिताको सवालमा गर्नपर्ने छानविनको सन्र्दभमा भएको ढिलासुस्ती रहस्यमय भएको बताए । उनले भने,“ त्याहाँ अनियमिता छ भन्ने कुरा प्रष्ट छ , चोरी त सबैले देखेकै कुरा भयो । तर पनि आलटाल हुनु रहस्यमय छ । ” घिमिरेले कोरोना अस्पतालमा भएको छानविन अखितयारले गरिरहेको सन्र्दभमा पनि विश्वास गर्न सकिने आधार नभएको बताए । उनले तत्काल सत्यतथ्य बाहिर ल्याउन माग गर्दै यदी आलटाल गरे त्यसको गम्भिर परिणाम भोग्न तयार रहन चेतावनी दिए ।
नेपाली काँग्रेस चितवनका पुर्व सभापति टेकप्रसाद गुरङ्गले यस्तो गम्भिर बिषयमा पनि आलटाले प्रवृत्ती देखिनु गम्भिर भएको बताए । “अहिले चोरी काण्ड बाहिर आयो, अनि पो धेरै कुरा उठे त उनले भने, नत्र गुपचुपमा धेरे अनियमितता भएको रहेछ ।” काँग्रेस चितवनका सचिव उत्तम जोशीले अहिले समम पनि चोरीमा संलग्न कर्मचारी निलम्वनमा नपर्नु र अनियमिताका सवालमा सत्य तथ्य वाहिर नआउनु लज्जाको बिषय भएको बताए ।


बैठकले तत्काल भरतपुर कोरोना अस्पतालमा भएको चोरी , अनियमिताका सवालमा स्पष्ट रुपमा कारवाही र सतयतथ्य सार्वजनीक हुनुपर्ने निष्कर्ष निकालेको जिल्ला सचिव राजिव न्यौपानेले जानकारी दिए । यसका लागि पार्टी शशक्त रुपमा अघि बढ्ने समेत सो बैठकको निष्कर्ष निकालेको उनले बताए ।