कश्मीरमा भएको भीडन्तमा परी सेनाका कर्णेलसहित पाँच सुरक्षाफौजको ज्यान गयो

एटुजेड समाचार

भारतको कश्मीरमा भएको भिडन्तमा भारतीय सेना सेनाका दुई अफिरसहित पाँच सुरक्षाकर्मीको मृत्‍यु भएको छ । मृत्यु हुनेमा भारतीय सेनाका कर्णेल आशुतोष शर्मा, मेजर अनुज, सब इन्स्पेक्टर शकील काजी रहेका छन्। दुई सेनाको भने पहिचान खुलाईएको छैन ।

शनिबारदेखि जारी भिडन्तमा दुईजना आतंककारीको समेत मृत्यु भएको छ। आतंककारीहरु एक घरमा लुकेर बसेको थाहा पाएपछि त्यहाँ सेनाले कारबाही गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

भारतीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार आतंककारीहरुले घरमा रहेका मानिसहरुलाई बन्धक बनाएर राखेका थिए। उनीहरुको उद्धारका लागि सेना र प्रहरीको टोली तैनाथ गरिएको थियो । सुरक्षा बलले बन्धक रहेका मानिसहरुको उद्धार गरेको छ। कर्णेल आशुतोष शर्माले गत वर्षमात्र दोस्रो पटक सेनाबाट मेडल प्राप्त गरेका थिए । एजेन्सी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू