देशका विभिन्न ठाउँमा आज चट्याङ र हुरीबताससहित पानी पर्ने सम्भावना

एटुजेड समाचार

काठमाडौं – देशका धेरै ठाउँमा आज पनि मेघगर्जन, चट्याङ, हुरीबताससहित पानीपर्ने मौसमविद्ले बताएका छन् ।

मेघगर्जन, चट्याङ, हुरीबताससहित पानी पर्ने विभिन्न प्रणाली सक्रिय भएकाले मंगलबारसम्म नै देशभरकै मौसम पूर्णरुपमा खुल्ने सम्भावना निकै कम मात्र भएको मौसमविद्ले बताएका छन् ।

मौसमविद्का अनुसार देशका विभिन्न ठाउँमा पानी पर्नेछ । पूर्व र पश्चिम तराईमा हुरीबतास पनि चल्ने सम्भावना छ । यसैगरी राति पनि केही ठाउँमा पानी पर्ने अनुमान गरिएको छ ।

आजको भन्दा सोमबार र मंगलबार देशभरकै मौसम अझ धेरै बदली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू