इटालीमा कोरोना संक्रमणका कारण हुने दैनिक मृत्यु शनिबार फेरी बढेको छ।
कोरोनाका कारण शुक्रबार २ सय ६९ जनाको मृत्यु भएकोमा शनिबार यो संख्या ४ सय ७४ पुगेपछि दैनिक मृत्यु बढेको हो। नागरिक सुरक्षा एजेन्सीका अनुसार यो संख्या अप्रिल २१ पछिकै धेरै हो ।



केही समययता मृत्युदर घट्दै आएको इटालीमा शनिवार भाइरसबाट सर्वाधिक प्रभावित लोम्बार्डीमा एकैदिन ३ सय २९ जनाको मृत्यु भएपछि कोरोनाबाट मर्नेको संख्या बढेको हो। त्यहाँ शुक्रवार भने ८८ जनाको मात्रै मृत्यु भएको थियो। यसैगरी नयाँ संक्रमित भेटिने क्रम भने लगातार तेश्रो दिन पनि स्थिर देखिएको छ। शुक्रबार १९ सय ६५ जना संक्रमित भेटिएकोमा शनिबार भने त्यो १९ सयको हाराहारी देखिएको छ।
फरवरी २१ मा महामारी सुरू भएयता इटालीमा २८ हजार ७ सय १० जनाको मृत्यु भइसकेको छ। यो संख्या अमेरिका र बेलायतपछिको तेस्रो ठूलो हो। यस्तै संक्रमितको संख्या इटालीमा २ लाख ९ हजार ३ सय २८ पुगेको छ । एजेन्सी