कोरोना रोकथाम कोषमा राष्ट्रपतिले दिइन् २ महिनाको तलब
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ महिनाको तलब दिने घोषणा गरेकी छन् ।
राष्ट्रपति कार्यालयले सोमबार विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीले दुई महिनाको पारिश्रमिक दिने घोषणा गरेको जानकारी दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि ५० करोड रुपैयाँ राखेर कोष स्थापना गरेको थियो ।
तपाइँको प्रतिक्रिया