वीरगञ्जका व्यापारी रुङ्गटालाई कोरोनाको संक्रमण नभएको पुष्टी
वीरगञ्ज – पर्साको वीरगञ्जमा एक व्यापारी शिवकुमार रुङ्गटालाई कोरोनाको संक्रमण नभएको पुष्टी भएको छ । उनका बुवा मुरलिधर रुङ्गटाले एटुजेड समाचारसँग कुरा गर्दै शिवकुमारलाई कोरोना नभएको पुष्टी भएको जानकारी दिए ।
शिवकुमारलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपनी रिपोर्ट नेगेटिभ आएको उनका बुवाले बताए । “छोरालाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखेपछी हामीले पटना मेडिकल कलेज लग्यौं उनले भने, ‘पटना परिक्षणको लागी नमुना पुने पठायो । पुनेले कोरोना छैन भनेर रिपोर्ट पठायो ।”
(यसअघि प्रकाशित समाचारमा अन्यथा हुन गएकोमा हामी क्षेमा प्रार्थी छौं । )
तपाइँको प्रतिक्रिया