पुर्वी चितवनबाट विप्लव समुहका विद्यार्थी नेता पक्राउ

चितवन – सरकारबाट प्रतिबन्धित नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा समुहका एक कार्यकर्ता पुर्वी चितवनको रत्ननगरबाट पक्राउ परेका छन । विप्लव समुहको विधार्थी संगठन अखिल क्रान्तिकारी रत्ननगर नगर संयोजक आक्रोश भनिने प्रबिण आचार्य आज (शनिबार) पक्राउ परेको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक शेखरकुमार शाहाले जानकारी दिए ।
पक्राउ परेला आचार्यको साथबाट बिप्लप समुहका विभिन्न किसिमको प्रचा पम्पलेट ,विभिन्न कार्यक्रमका तस्विरहरु, दस्तावेजहरु फेला परेको शाहले बताए । आचार्य माथि थप अनुसन्धान भैरहेको उनले बताए ।
तपाइँको प्रतिक्रिया