कोरोना संक्रमणबाट बेलायतमा एक नेपालीको मृत्यु

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट वेलायतमा एक नेपालीको मृत्यु भएको पुष्टि भएको छ । ६६ वर्षीय पूर्व गोर्खा सैनिक लिलाबहादुर राईको मृत्यु भएको पुष्टि भएको छ । पुख्र्यौली घर संखुवासभा भएका उनी सपरिवार लण्डनबाट करिब २१ किलोमिटर उत्तर-पश्चिममा पर्ने हृयारो सहरमा बस्दै आएका थिए ।
उनको मृत्यु मंगलबार (४ चैत) बेलुका ८ बजे लण्डनको नर्थविक पार्क हस्पिटलमा हो । लिलाबहादुर ब्रिटिस-गोर्खा सैनिक सेवाबाट निवृत भएपछि सुनसरीको इटहरी र पछि सन् २००८ मा वेलायत बसाई सरेका थिए । अहिले लिलाबहादुर राईका श्रीमतिसहित परिवारका सबैलाई आइसोलेशनमा राखिएको छ ।
तपाइँको प्रतिक्रिया