कोरोना संक्रमणबाट अमेरिकामा एकै परिवारका चार जनाको मृत्यु

अमेरिकामा कोरोना भाइरस कोभिड-१९ को कारण एकै परिवारका चार जनाको ज्यान गएको छ । अमेरिकाको न्यूजर्सी राज्यमा ग्रेस फुस्को नाम गरेकी ७३ वषर्ीया महिला र छ वयस्क छोराछोरी एक पारिवारिक भेलामा सहभागी भएर फर्किएपछि कोभिड-१९ बाट संक्रमित भएका थिए ।
परिवारका चार जनाको मृत्यु भएको छ भने तीनजना अस्पतालमा भर्ना भएका छन् ।। मृत्यु हुनेमा फुस्कोसहित उनकादुई छोरा र एक छोरी छन् । दुई छोराहरु कार्मेन फुस्को र भिन्सेन्ट फुस्को तथा एक छोरी रिताफुस्को-ज्याक्सनको ज्यान कोभिड-१९ को कारण गएको हो ।
करिब २० जनाभन्दा धेरै आफन्त होम क्वारेन्टाइनमा छन् । अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ । त्यसैले विशेषज्ञहरुले कुनै पनि किसिमको सामाजिक भेलामा सहभागी नहुने मानिसहरुलाई चेतावनी दिएका छन् ।
तपाइँको प्रतिक्रिया