होटलहरु क्वारेन्टाइन बनाउन दिने साना तथा मझौला होटल व्यवसायीहरुको घोषणा

काठमाडौं – साना तथा मझौला होटल व्यवसायीहरुले सरकारलाई आवश्यक परे आफ्नो होटल क्वारेन्टाइन बनाउन दिने प्रतिवद्धता जनाएका छन् । होटल व्यवसायी महासंघको अगुवाईमा शनिबार भएको बैठकले (कोरोना भासइस कोभिड १९) को नियन्त्रणका लागि आवश्यक परे उपत्यकामा रहेका होटलहरु क्वारेन्टाइन बनाउन दिने निर्णय गरेको हो ।
उपत्यका बाहिर पनि सम्बन्धित जिल्ला अध्यक्षहरुसँग समन्वय गरी देशभर क्वारेन्टाइन सञ्चालनमा सहयोग गर्ने निर्णय गरेको महासंघका अध्यक्ष हिराध्वज शाहले जानकारी दिए । उनकाअनुसार काठमाडौंका होटलहरुमा मात्र ३० हजार कोठा उपलब्ध हुनेछ । ठूला होटलहरुको छाता संगठन होटल संघ नेपालले भने यस्तो निर्णय गरिसकेको छैन ।
तपाइँको प्रतिक्रिया