कोरोनाका कारण सिनर्जी एफएमको सबै स्थलगत कार्यक्रमहरु स्थगित

चितवन – विश्वभर फैलिरहेको कोरोना भाइरसको उच्च जोखिममा नेपाल रहेको विश्व स्वास्थ्य संगठनले बताएको छ।कोरोनाको जोखिमलाइ ध्यानमा राखी चितवनको पहिलो रेडियो सिनर्जी एफएमले पनि उच्च साबधानी अपनाएको छ ।एफएमले आज एक बिज्ञप्ति जारि गर्दै विश्वभर माहामारीको रुप लिएको कोरोना भाइरसबाट जोगिन सम्पूर्ण नेपालीहरुलाई आग्रह गरिएको छ साथै संचार क्षेत्रमा दिनरात नभनी खटिरहने सम्पूर्ण पत्रकारहरुलाई सुरक्षित तरिकाले सहि सुचना सम्प्रेसन गर्न अनुरोध गरेको छ ।
रेडियोका प्रबन्ध निर्देशक सहनलाल प्रधानद्वारा हस्ताक्षरित बिज्ञप्तिमा सिनर्जी एफएममा आबद्द सम्पूर्ण पत्रकारहरुको स्वास्थ्य प्रति जिम्मेवार रहेको बताउदै आज देखि नै केहि कार्यक्रम रोकिएको तथा समाचारमा केहि परिवर्तन गरिएको बताइएको छ।
आज देखिनै सिनर्जी एफएमबाट प्रसारण हुदै आएको कार्यक्रम हिड्दा हिड्दै सहित रेडियो बाहिर गरिने सबै कार्यक्रमहरु रोकिएको छ भने स्थानिय खबरहरुको संगालो हालखबरमा प्रसारण हुदै आएको जनताको आवाज समेत प्रसारण हुने छैन ।अब जनआवाजमा सामाजिक संजालमा राखिएको प्रश्नमा श्रोताहरुले दिने विचारलाइ राखिने छ।
रेडियोका स्टेशन म्यानेजर रामकान्त पौडेलका अनुसार एफएममा आबद्द पत्रकारहरुको स्वास्थ्य प्रति आफुहरु सजक रहेको बताउदै कोरोनाको कारण रोकिएका केहि कार्यक्रमका कारण श्रोता तथा बिज्ञापनदाताहरुमा पर्न गएको असुविधा प्रति क्षमा समेत मागेको छ ।साथै सिनर्जी एफएमको आयोजनामा भैरहेको प्रोफेसनल एजुकेसन पब्लिक स्पिकिंगको अडिसन तथा केहि समयमा हुन लागेको ब्याण्डहरु बिचको प्रतियोगिता एकोस्टिक ब्याण्ड प्रतियोगिता समेत अर्को सुचना नआउन्जेल स्थगित गरिएको पौडेलले बताए ।
विपदका बेलामा सिनर्जी एफएमले आम जनमानसलाइ उपयोगी जानकारीहरु प्रस्तुत गर्दै आइरहेकोमा यसपटक पनि चौबिसै घण्टा सत्यतथ्य सूचनाहरुलाई प्राथमिकताको साथमा प्रस्तुत गरिने स्टेसन म्यानेजर पौडेलले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया