कोरोनाबाट ११ हजार ३ सय ८३ जनाको मृत्यु, २ लाख ७५ हजार भन्दा बढी संक्रमित

काठमाडौँ – कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८३ पुगेको छ ।विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले युवाहरूमा पनि कोरोनाभाइरस सङ्क्रमणको जोखिम रहेको भन्दै उनीहरूलाई वृद्ध र बढी खतरामा रहेका मानिसहरूसँग भेटघाट र कुराकानी नगर्न भनेको छ ।
एकै दिन १३ सय ५२ जनाको मृत्यु भएपछि मृतकको संख्या ११ हजार ३ सय भन्दा बढी पुगेको हो । संक्रमित हुने मानिसको संख्या पनि बढ्दो छ । पछिल्लो २४ घण्टामा अरु ३० हजार २५६ जनामा कोरोनाको संक्रमण देखिएको छ । योसँगै संक्रमित हुनेहरुको संख्या २ लाख ७५ हजार १ सय ८९ पुगेको छ । अध्ययनहरूले सबै उमेरका मानिसहरूलाई यो भाइरसको सङ्क्रमण हुनसक्ने देखाएको छ । तर वृद्धवृद्धा र अन्य स्वास्थ्य समस्या भएका व्यक्तिहरूमा यो सबैभन्दा घातक देखिएको छ ।
तपाइँको प्रतिक्रिया